मङ्लबार, माघ ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन सांसद विनिताको माग

होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन सांसद विनिताको माग


गणेश विक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् ।

जुम्लाकी सांसद कठायतले आइतबार त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।

सांसद कठायतले समितिले पुस २४ गतेदेखि २९ गतेसम्म नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमनका विषयमा समितिको बैठकमा छलफल भएको भन्दै पुस २९ गते पोखराको होटल ओपन हाउसको राति ८ बजेदेखि १० बजेसम्मको सीसी टिभी फुटेज र उक्त दिनमा भएको खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत