मङ्लबार, फाल्गुन ५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन


गणेश विक


काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।

राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भन्दै नेपाल सूचना–प्रविधि समाजको अगुवाइमा शनिबार काठमाडौंको माइतघरमा प्रदर्शन भएको हो।

नेपालीको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुले बताएका थिए।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय परिचयपत्र खारेज गर, साइबरस्पेश सार्वभौमसत्ता कायम गर, प्रतिक्रियाबादी व्यवस्था मुर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत