बुधबार, चैत्र ५, २०८१

हत्या गरेको अभियोगमा पक्राउ


गणेश विक


धनुषा, आफ्नै श्रीमती २३ वर्षीया संगिता ठाकुरको हत्या गरेको अभियोगमा धनुषाधाम नगरपालिका-५ पर्वता टोल बस्ने २५ वर्षीय देवलाल ठाकुरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । देवलालले गजबार प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी उमाप्रेमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कैलाली, आफ्नै दाई ३५ वर्षीय लाल बहादुर बोहराको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना दिपनगर टोल बस्ने ३० वर्षीय प्रकाश बोहरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रकाशले विवादको क्रममा कैंची प्रहार गर्दा गम्भीर घाइते भएका लाल बहादुरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत