आइतवार, चैत्र १०, २०८१

एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ


गणेश विक


अर्घाखाँची । पाणिनी गाउँपालिका-८ सौराखोलास्थित सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान, पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका-८ दाङजा बस्ने ४१ वर्षीय सुरेस कुमाल र २५ वर्षीय कमल कुमाल रहेका छन् । प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत