काठमाडौँ । दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो।
यो दिवस न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय र विश्वभरका राष्ट्रसंघ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ।
होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए।
इजरायली, संयुक्त राज्य अमेरिका र संघीय गणतन्त्र जर्मनीको राजदूतावासले आज संयुक्तरूपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ