बुधबार, चैत्र १३, २०८१

किन ओलीको जन्मथलो जाँदैछन् प्रचण्ड ? यस्तो छ कारण


गणेश विक


काठमाडौं । प्रमुख सत्तापक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पूर्वी पहाडी जिल्ला तेह्रथुम जाँदैछन् ।

प्रचण्डको सचिवालयका अनुसार उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष प्रचण्डसँगै सैनिक हेलिकोप्टरमार्फत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि जाँदैछन् ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी आठराई जाने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् ।

यस्तै, आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् भने प्रचण्ड मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् ।

मंगलबार दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर प्रचण्ड काठमाडौं फर्कने छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत