आइतवार, चैत्र १०, २०८१

छ जना इजरायली बन्धकलाई रिहा गर्ने


गणेश विक


काठमाडौँ । इजरायलले उत्तरी गाजामा मानिसहरूलाई फर्कन रोकेपछि हमासले थप छ इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन् ।

रिहा गरिने बन्धकहरूमा एक नागरिक, अर्बेल येहुद पनि छन् । सर्वसाधारणलाई रिहा नगरिएको कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन ।

हमासले शनिबार पनि चार बन्धकहरूलाई रिहा गरेको भएपनि पहिला सर्बसाधारणलाई रिहा गर्नुपर्ने सहमति विपरित इजरायली सैनिकलाई रिहा गरेपछि इजरायलले हमासले युद्धविराम सम्झौता तोडेको आरोप लगाएको थियो ।

अब हमासले इजरायलको माग अनुसार अर्बेल येहुदसहित ६ सर्बसाधारण बन्धक शुक्रबार अघि नै रिहा गर्ने भएको छ । येहुद हमासले बन्धक बनाएका सर्बसाधारण मध्ये एक मात्र जीवित महिला रहेको इजरायलको विश्वास रहेको छ । सोहि कारणले इजरायलले येहुदको रिहा शुरुमै हुनुपर्ने शर्त राखेको थियो । २८ बर्षिय येहुदलाई उनका पार्टनर एरियल कुनियोसँग बन्धक बनाइएको थियो । जो अहिले पनि हमासको नियन्त्रणमा रहेको बताइएको छ । साथै बेपत्ता रहेका येहुदका दाजु डोलेभ येहुदको पनि अक्टोबर ७ को घटनामा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको थियो ।

गाजामा युद्धविराम सम्झौता लागू भएदेखि हमासले अहिलेसम्म सात जना बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा, इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत