आइतवार, चैत्र १०, २०८१

ओबामा दम्पतिको डिभोर्स हुने चर्चा


गणेश विक


काठमाडौँ । अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिचेल ओबामाको डिभोर्स हुने चर्चाले विश्वको मिडिया र सामाजिक सञ्जाल तातेको छ ।

अमेरिकाका पछिल्ला दुई घटना पहिलो पुर्व राष्ट्रपति जिम्मी कार्टरको अन्तिम संस्कार र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा ओबामा मिचेल बिना एक्लै उपस्थित भएपछि उनीहरुको सम्बन्ध राम्रो नभएको र डिभोर्स हुन लागेको विषयले चर्चा पाएको थियो ।

ओबामा दम्पतिको डिभोर्स हुने हल्लासँगै ओबामा र हलिवुड अभिनेत्री जेनिफर एनिस्टनको सम्बन्ध बारे फेरी चर्चा शुरु भएको छ ।

गत बर्षदेखि नै एनिस्टन र ओबामाबीच अफयर्स रहेको चर्चा मिडियामा हुदै आएको थियो । तर अहिले दुई प्रमुख राजनीतिक घटनाक्रममा ओबामाको एकल उपस्थितिले विश्वको ध्यान फेरी यो विषयमा फर्केको छ ।

एनिस्टनलाई गत बर्ष एक टिभी शोमा ओबामासँगको अफयर्सको बारेमा सोधिएको थियो । तर उनले सो कुरालाई अस्वीकर गरेकी थिइन् । उनले आफुले ओबामालाई एक पटक मात्र भेट गरेको बताउदै आफ्नो ओबामासँग भन्दा मिचेलसँग राम्रो सम्बन्ध रहेको बताएकी थिइन् ।

तर अहिले मिडिया रिपोर्टमा पछिल्ला बर्षहरुमा कसैसँग सम्बन्धमा नरहेकी ५७ बर्षिय अभिनेत्री एनिस्टनको ओबामासँग राम्रो सम्बन्ध रहेको दाबि गरिएको छ । यसको औचारिक पुष्टि कतै बाट भएको भने पाइएको छैन ।

एनिस्टनले सन् २००० मा अभिनेता ब्राड पिटसँग विवाद गरेकी थिइन् भने उनीहरुको २००५ मा डिभोर्स भएको थियो । त्यसपछि उनले २०१५ मा जस्टिन थेरौक्ससँग विवाह गरेपनि २०१८ मा डिभोर्स गरेकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत