बुधबार, चैत्र ५, २०८१

ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार


गणेश विक


ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

दाङ । तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले सफल किसान बन्नुभएको हो ।

“ पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने ।

उहाँले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गर्नु भएको छ । उहाँ बेमौसमी सागसब्जी लगाउने योजनामा हुनुहुन्छ । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताउए ।

कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित हुनुहुन्छ । पूर्ववडासदस्य उहाँ हिजोआज राजनीतिबाट अलग हुनुहुन्छ । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् ।

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताए ।

उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोप्नुभएको छ । आफ्ना उत्पादन स्वयं बजार पुर्याउनुहुन्छ र आफै बेच्नुहुन्छ । टमाटर र काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उहाँले राससलाई बताए ।

तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उहाँले आल्हादित हुँदै सुनाउनुभयो । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा मक्ख हुनुहुन्छ ।

मोटरमा कृषि उपज बजारसम्म लैजाने उहाँमात्र हुनुहुन्न उहाँका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ ।

मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् ।

एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत