बिहिबार, चैत्र ६, २०८१

राष्ट्रपतिविरूद्ध अनुसन्धान गर्ने १२ वकिल बर्खास्त


गणेश विक


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् ।

ट्रम्पका नीतिलाई राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई पदबाट हटाएको हो ।

कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले सोमरबारदेखि नै लागु हुनेगरी ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।

जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत