काठमाडौं । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।
प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए ।
‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,’ उनले भने, ‘अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन गर्दैछौं ।
शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए ।
दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।
मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ