बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणका दोषीलाई १२ वर्ष कैद

भ्याली कोल्ड स्टोरका सञ्चालक रावलको अपहरणका दोषीलाई १२ वर्ष कैद


गणेश विक


काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको छ ।

सोले र कुमार भनेर चिनिने बुढाथोकीलाई उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको हो ।

न्यायाधीशद्धयको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेको थियो । १४ माघमा सजाय निर्धारण भएको हो ।

त्यसैगरी ७० हजार रुपैयाँ जरिवाना समेत सुनाइएको छ ।

अपहरणको १२ वर्षसम्मको मेहनतबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जेलिङबाट बुढाथोकीलाई १५ पुस २०७७ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत