बुधबार, चैत्र ५, २०८१

किष्ट अस्पतालको शौचालयमा एक युवा मृत फेला


गणेश विक


काठमाडौं । ललितपुरको किष्ट अस्पतालभित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका नेपाल प्रहरीले जनाएको छ ।

ललितपुरको किष्ट अस्पतालको शौचालयमा एक युवा मृत फेला

ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलस्थित अस्पतालभित्रको इमरजेन्सी पछाडि शौचालयभित्र रावल सोमबार मृत फेला परेका हुन् ।

रावल महालक्ष्मी नगरपालिका ८ निवासी रहेको प्रहरीको भनाइ छ ।

उता, तेह्रथुमको छथर गाउँपालिका ४ परेवाखोपमा पनि एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

७१ वर्षीय लोकमान लिम्बु सोही ठाउँस्थित परेवाखोपको पहरे खानेपानीको ट्याङ्कीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत