बुधबार, चैत्र १३, २०८१

अवैध लागूऔषधसहित पाँच जना पक्राउ


गणेश विक


चितवन । राप्ती नगरपालिका-५ शिखर डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ च्यात्राङ बस्ने २४ वर्षीय ईमान तामाङ, २० वर्षीय जगत तामाङ र सोही नगरपालिका-२ ड्राइभर टोल बस्ने ३८ वर्षीय तारा कडेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले डुम्रीखाडीबाट भण्डारातर्फ आउँदै गरेको बा.१८ प १०४८ नम्बरको मोटरसाइकलमा सवार ईमान र जगतलाई ३ किलो १ सय ३० ग्राम र पैदलयात्री तारालाई ४ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ शुसन टोलबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ हजार ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय विशाल श्रेष्ठ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत