आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल

थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली : अध्यक्ष दाहाल


गणेश विक


काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले बेपत्ता युद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते युद्धाहरुप्रति स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

माघ १६ नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । अध्यक्ष दाहालले यस दिनलाई देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूले देखेको सपना र लिएका अठोटलाई पूरा गर्न संकल्प गर्ने दिन भएको उल्लेख गरेका छन् ।

राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदहरूको योगदानको कदर गर्दै सहिद परिवारहरूको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदहरूप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ । नेपालका प्रथम सहिद लखन थापामगरदेखि जहाँनिया राणाकालविरुद्धको आन्दोलन, विसं २००७ को परिवर्तन, जनविद्रोह, जनआन्दोलन, पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण सशस्त्र आन्दोलन र विभिन्न जनसंघर्षको बलमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्न सम्भव भएको हो ।

अध्यक्ष दाहालले त्यसलाई विसं २०७२ मा जारी संविधानले संस्थागत गरेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानको इमानदारितापूर्वक कार्यान्वयन गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत