बिहिबार, चैत्र ६, २०८१

अवैध लागूऔषधसहित १२ जना पक्राउ


गणेश विक


काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २४ वर्षीय नबिन पुरी र ३५ वर्षीय कृष्ण लिम्बु रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५६५३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२२ भोटेवहालबाट अवैध लागूऔषध पोल्याण्ड करिब १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रमाडोल ६ सय ६ पिस र नगद १ लाख १० हजार रूपैयाँ सहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने २५ वर्षीय अनिल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले बा.९० प ९४५८ नम्बरको स्कुटीलाई जाँच गर्ने क्रममा चालक फरार भएपश्चात स्कुटर तलासी गर्दा डिक्कीबाट उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, देवानगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीया सोनी कुमारी यादवलाई अवैध लागूऔषध गाँजा करिब ३९ किलो २ सय ९० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय जिवन चन्द र ३३ वर्षीय बिक्रम शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगपालिका-१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय गोविन्द सुवेदीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित पर्सा घर भएका ३० वर्षीय बिनोद सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०८९० नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ बस्ने २३ वर्षीय सिद्धार्थ भन्ने गगन चन्द र दैलेख आठबीस नगरपालिका-४ मेल्तडी बस्ने २३ वर्षीय दिपेन्द्र माझी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ शहिदगेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बर्दगोरीया गाउँपालिका-३ बस्ने २५ वर्षीय समिर बमलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित केराबारी गाउँपालिका-५ बस्ने ३२ वर्षीय यादव विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत