बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • सुर्ती, खैनी तथा गुट्का खाएर जथाभावी बाटोमा फोहोर गर्नेलाई कार्वाही गर..!

सुर्ती, खैनी तथा गुट्का खाएर जथाभावी बाटोमा फोहोर गर्नेलाई कार्वाही गर..!


गणेश विक


सार्वजनिक स्थानमा थुक्नेहरूबाट देशका सडक, पर्खाल र भवनहरू जोगाउन राजधानीमा ठूलो चुनौती भएको छ ।

काठमाडौ । पृथ्वी हामी सबैको साझा घर हो । हाम्रो साझा घरलाई जोगाउनु हामी सबैको कर्तव्य हो । सामाजिक सद्भाव बढाउने क्रियाकलाप र हाम्रो वातावरण मैत्री व्यवहारले यो साझा घरलाई जोगाउन सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ ।

हाम्रो दैनिक व्यवहारमा सामाजिक मानवीय सहअस्तित्व र सम्पूर्ण प्राणी जगतको सहअस्तित्व स्वीकार गर्न सक्नु नै यसको समाधान हो । पहिलो पक्ष हो सामाजिक सद्भाव बढाउनु । जुन स्तरको सामाजिक सद्भाव खलल हुन्छ, त्यहि स्तरको घातक हातहितयार, खतरनाक केमिकल, आणविक विषाक्त प्रयोग हुन्छन् ।

द्वन्द्व, युद्ध र विनाश हुन्छ । चाहे स्थानीय समाज होस, चाहे क्षेत्रीय समाज होस्, चाहे राष्ट्रिय समाज होस् या अन्तर्राष्ट्रिय समाज होस्, सोही अनुसारको सामाजिक सद्भाव सिर्जना गर्न नेतृत्वदायी उदाहरण दिन जरुरी छ भने वातावरणमैत्री व्यवहार उत्तिकै जरुरी छ।

आधुनिकीकरण र औद्योगीकरणको नाउँमा हाम्रो वातावरणलाई घात पुग्ने बिषादी तथा केमिकलको प्रयोग गर्नु, पर्यावरणीय-ओजोन तह क्षयीकरण गर्नु, प्राकृतिक संसाधनको विनास गर्नु, वातावरणीय गुणस्तरमा ह्रास आउनु, फोहोरमैला उचित व्यवस्थापन गर्न नसक्नु जस्ता मुख्य कारक तत्वहरू हुन् ।

तर, नेपालमा पछिल्लो समय पहिलेको तुलनामा हिजो-आज नेपालका बजार मात्र नभइ गाउँ गाउँका पसलहरुमा सुर्ती, खैनी तथा गुट्काको माला झुन्डिएको हामी देख्न सक्छौ ।

बजारका सडक र गल्ली गल्लीमा रहेका पान पसल त झनै सुर्ती, खैनी तथा गुट्काको मालाले ढाकिएको देख्न सकिन्छ।

ठाउँ ठाउँमा गुट्काका खाली खोलहरु देख्न सकिन्छ । बिशेष गरी युवा युवती र अधबैसे मानिसहरुले बाटो बाटो रोड रोडमा गुट्का चपाइरहेको देख्न सकिन्छ ।

अन्य प्रकारका सूर्तिजन्य पदार्थ सेवन भन्दा गुट्का सेवन बढी हानिकारक हुन्छ। किनभने गुट्कालाई चपाइकन निलिने हुँदा त्यसमा भएको सम्पुर्ण रसायन पेट्मा पुग्द्छ र सो रसायनहरु रगत हुँदै शरिरका सबै भागमा प्रबेश गर्दछ ।

नेपालमा केही समय अगाडि सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए।

तर, सांसदहरूको माग भने जायज थियो, पछिल्लो समय युवा युवतीदेखी अधबैसे मानिसहरु यसको दलदलमा फसिनँ बाध्य रहेका छन् ।

सूर्तिजन्य पदार्थ सेवन गर्नाले मुख, घाँटी, जिब्रोको क्यान्सर हुने खतरा हुन्छ । साथै यसले खाना नलीमा असर गर्दछ । मुख भित्र घाउ आउने हुन्छ । गिजा र दाँत सड्ने समस्या आउछ । खानाको स्वाद राम्रोसँग लिन सकिदैन । दाँत कालो खैरो हुँदैजान्छ र मुहारको चमकतामा असर पुर्‍याउछ। किड्नी फेल हुनसक्छ । रक्त नलीलाई साँघुरो बनाइदिने हुनाले मुटुमा स्ट्रोक हुनेहुन्छ । उक्च रक्तचापको समस्या आउछ ।

गर्भवती महिलाहरुमा कम तौलको बच्चा जन्मने समस्या आउछ । सूर्तिजन्य पदार्थ सेवन गर्नाले यौन शक्तीमा समेत गिरावट आउछ । कलेजोले हानिकारक पदार्थ भन्डार गर्ने कार्य गर्दछ।

यस बिषयमा सम्बन्धित निकायले ध्यान दिन जरूरी रहेको छ भने बाटो, सडकपेटीमा जथाभावी थुक्ने र फोहोर गर्नेलाई कानूनी दायरामा ल्याउन जरूरत छ । सडकका भित्ता- खकार, पान र गुटखाका रङ्गीचङ्गी थुकले टाटेपाङ्ग्रे भएका छन्। सार्वजनिक स्थानमा थुक्नेहरूबाट देशका सडक, पर्खाल र भवनहरू जोगाउन राजधानीमा ठूलो चुनौती भएको छ ।

काठमाडौँ नेपालको सङ्घीय राजधानीको मात्र कुरा गरौं अहिले, युवा युवती र अधबैसे मानिसहरुले बाटो बाटो रोड रोडमा गुट्का चपाइ फालेर जथावाभी फोहोर गरेको जतातेतै देख्न सकिन्छ। निकै एक्सनमा उत्रिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को ठाँउमा त यस्तो हालत छ भने। देशभरी कस्तो होला ? यो त आँकडा गर्न झनै गाह्रो छ ।

यसरी बाटो रोड गल्लीमा जथावाभी सूर्तिजन्य पदार्थ सेवन गरेर फोहोर गर्नेलाई महानगरपालिकाका मेयर बालेनले कार्वाही गर्लान त ? यो देख्न बाकी छ ।

हिजो मात्रै काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ ।

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको थियो ।

याे पनि पढ्नुहाेस्…..

यस्ता कार्यहरू कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम ५ हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना महानगरपालिकाले स्पष्ट पारेको छ । तर, सूर्तिजन्य पदार्थ सेवन गर्ने मान्छेले जतातेतै फोहोर गरेको हाम्रै आँखाले बाटो बाटो रोड रोडमा गुट्का तथा सूर्तिजन्य पदार्थ सेवन गरेर फोहोर गरेको छ । यसमा बिषयमा मेयर बालेनले कुनै पनि एक्सन लिएको छैन। मेयर शाहलाई यो ठूलो चुनौती भएको छ ।

एक सूचना जारी गरेर मेयर बालेन पन्छिन खोजेको जानकारहरूले आरोप लगाएको छ । फोहोरले गर्दा बाटोमा हिँड्नसमेत निकै गाह्रो भएको छ। यसका साथै रोगव्याधि फैलिने डर पनि छ।

फोहोर व्यवस्थापन भए रोग पनि व्यवस्थापन हुन्छ । हाम्रो घर परिवार, बजार, उद्योग र सार्वजनिक क्षेत्रबाट उत्पन्न हुने फोहोर सामान्यतया ९५ प्रतिशत प्रशोधन गरी आम्दानीको स्रोत बनाउन सकिने प्रकृतिका हुन्छन् भने करिब ५ प्रतिशतलाई मात्र बिसर्जन गर्नुपर्ने हुन्छ । यसरी उत्पन्न हुने फोहोरमैलालाई स्रोतमै विभिन्न रंगका बास्केट वा डस्टविन राखेर वर्गीकरण गर्न सकिन्छ । आफ्नो गाउँ र नगरपालिका भित्रबाट उब्जिने कुनैपनि फोहोरमैलालाई स्रोतबाटै विभिन्न बास्केट एवम् ढ्वाङ्गमार्फत वर्गीकरण, संकलन र उचित व्यवस्थापन गर्नुपर्दछ ।

थप प्राविधिक एवम् बैज्ञानिक दक्ष जनशक्ति र उच्च प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्नु त छँदैछ । त्यसबाहेक आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोरमैलालाई स्थानीय तहसँग समन्वय गरेर आधारभूत व्यवस्थापन गर्न आजैबाट शुरु गर्नुपर्दछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत