आइतवार, कार्तिक ३०, २०८२

यात्रुवाहक विमान आर्मीको हेलिकप्टर ठोक्किए


गणेश विक


काठमाडौँ । अमेरिकाको वाशिंगटन, डीसीमा रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा विमान दुर्घटना भएको छ ।

सिएनएनका अनुसार विचिटा, क्यान्ससबाट आउदै गरेको अमेरिकन एयरको यात्रुबाहक विमान अवतरण गर्ने क्रममा आर्मीको हेलिकप्टर सँग ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अहिले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमानको राहत र उद्धार जारी रहेको अमेरिकन मिडियाले उल्लेख गरेका छन् ।

विमानमा कति यात्रु थिए भन्ने स्पष्ट भएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत