काठमाडौँ । नेपाल प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीय सरस्वती बिक छिन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले बिकबारे अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ