आइतवार, असार २९, २०८२

अत्तरियाको कल्पना होटलमा खुलेआम यौनधन्दा, २ जना पक्राउ


गणेश विक


काठमाडौं । कैलालीको अत्तरिया बजारमा यौनधन्दा फस्टाएको छ।

स्थानीयका अनुसार पछिल्लो समय होटलहरुमा खुलेआम यौनधन्दा फस्टाएको हो।

यता प्रहरीले भने त्यसको निर्मुलमा काम गरिरहेको भएतापनि नियन्त्रण हुन सकेको छैन।

हिजोमात्रै अत्तरियामा रहेको कल्पना होटलमा अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका-२ को पहाड रोडमा रहेको १ नम्बर गल्लीमा कलावती साउदले सञ्चालन गरेको कल्पना होटलबाट गएराति अनैतिक क्रियाकलापमा संलग्न जोडीलाई पक्राउ गरिएको हो।

डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार अनैतिक क्रियाकलापमा संलग्न बझाङको छविसपाथिभेरा गाउँपालिका-५ का ४० वर्षीय मिनबहादुर धामी र बुंगल नगरपालिका-२ बस्ने ३५ वर्षीय लिला बोहरालाई पक्राउ गरिएको जानकारी दिए।

दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

यसअघि प्रहरीले सत्कार होटलबाट समेत अनैतिक गतिविधिमा संलग्न जोडीलाई पक्राउ गरेको थियो। File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत