आइतवार, माघ २७, २०८१

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको विशाल लक्ष्य


कान्तिपथ


काठमाडौँ । त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य विशाल दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल बनाएको हो ।

नेदरल्याण्ड्सका लागि रोविन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन ।

उनले ४८ बलमा आठ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन । स्ट्रि कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र इश्वरी विष्टले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत