काठमाडौं । हमासले इजरायलबाट बन्धक बनाएर गाजामा लगेका नेपालका विपिन जोशी गाजामै रहेको इजरायली मिडियाले पुष्टि गरेको छ ।
इजरायलको प्रमुख अखबार टाइम्स अफ इजरायलले गाजामा ८ थाइ नागरिक, एक नेपाली र एक तान्जानियनलाई राखेको उल्लेख गरेको छ । यी एक नेपाली विपिन जोशी हुन् ।
समाचारका अनुसार गाजामा बन्धक बनाइएका विदेशीहरुमध्ये तीन जनाको मृत्यु भइसकेको इजरायलले घोषणा गरेको छ ।
इजरायलले मृत घोषित गरेका तीनमध्ये २ जना थाइ नागरिक र एक जना तान्जानियन नागरिक भएको रिपोर्टमा जनाइएको छ ।
यीबाहेक अन्य ६ थाइ र एक नेपाली नागरिक जीवितै रहेको अपेक्षा गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ