मङ्लबार, फाल्गुन ५, २०८२

अवैध लागूऔषधसहित ४ जना पक्राउ


गणेश विक


बर्दिया, बढैयाताल गाउँपालिका-८ साघुनघारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ नयाँबस्ती बस्ने २४ वर्षीय शिव गौतम र २४ वर्षीय सुमन थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१३ सुनगाभा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम, नगद ४ हजार ५ सय रूपैयाँ र २ थान मोबाइल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका-३ मसुरिया घर भई घोराही उपमहानगरपालिका-१३ प्रगतिटोल बस्ने २२ वर्षीय चिन्तन केसी र सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ बस्ने १९ वर्षीय मनोज बुढामगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले चिन्तनको साथबाट १ सय ९० मिलिग्राम र मनोजको साथबाट ६ सय ८० मिलिग्राम उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको लु.१८ प ३७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत