बुधबार, चैत्र १३, २०८१

बैंकिङ कसुर मुद्दामा फरार २७ वर्षीया सुस्मिता पक्राउ


गणेश विक


काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बाँके घर भई हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुस्मिता परियार रहेकी छन् ।

जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत माघ १४ गते अनामनगरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी २५ लाख रुपैयाँ बिगो भएको बैकिङ कसुर मुद्दामा फरार रहेकी थिइन् ।

परियारलाई आवश्यक कारबाहीको माघ १५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत