बुधबार, चैत्र १३, २०८१

गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा


गणेश विक


काठमाडौँ । पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोको भैरहवा शाखा र जिप्रका पश्चिम नवलपरसासीबाट खटिएको प्रहरीले लोनियाको घरबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा बिहीबार साँझ अपरेसन चलाएका हुन् ।

पक्राउ गर्न खोज्दा प्रहरीको हतियार खोस्न खोजेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीले प्रहार गरेको गोली लागेर लोनिया घाइते भएका छन् ।

लागुऔषध कारोबारमा संलग्न एकजना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले ९३ पुरिया खैरो हेरोइन बरामद गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत