काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँलिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २१ वर्षीय दिनेश विकको हत्या भएको आशंका गरिएको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवका अनुसार तातोपानी नुहाउन गएका विक प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने बताए ।
आफूहरुले विकलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले बताए ।
विकको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ ।
भोटेकोशी-१ कोदारीका दिनेश वडा नम्बर-२ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ