बुधबार, चैत्र १३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • जातीय विभेद र छुवाछूत अन्त्यको लागि राज्य गम्भीर भएन : दलित अधिकारकर्मी

जातीय विभेद र छुवाछूत अन्त्यको लागि राज्य गम्भीर भएन : दलित अधिकारकर्मी


गणेश विक


काठमाडौं । राज्य गम्भीर नहुंदा समाजबाट अझै पनि जातीय विभेद र छुवाछूत अन्त्य हुन नसकेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् ।

जागरण मिडिया सेन्टरको शनिबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभामा बोल्दै दलित अधिकारकर्मीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइ तीन तहको सरकार रहंदा पनि जातकै आधारमा अझैपनि दलितहरुमाथीको विभेद नरोकिएको बताएको हो ।

सभामा बोल्दै पुर्व राजदुत तथा सेन्टरका सल्लाहकार पदम सुन्दासले दलित समुदायले आफ्नो हक अधिकार स्थापित गर्न पुन संगठित भई अग्रसर हुनुपर्ने बताए ।

लोकतान्त्रिक मुलुकमा दलितहरू अझैपनी दास जीवन बिताउन बाध्य हुनुपरेकोले जागरण मिडिया सेन्टरले सन्चार कर्मवाट राज्यलाई खबरदारी गर्नुपर्ने सल्लाहकार सुन्दासको भनाई रहेको थियो ।

सभामा बोल्दै संविधानसभा सदस्य तथा सेन्टरका सल्लाहकार विनोद पहाडीले पिधमा पारिएका दलितमाथिको विभेद अझै पनि समाजबाट हट्न नसक्नु दुःखद् भएको बताए ।

राज्य गम्भीर नहुदा दलितहरुलाई विशेष अधिकार दिनुको साटो झनै अधिकार खुम्चिदै गएको उहाँको भनाई छ ।

दलितहरु अझैपनी अवसरबाट बन्चित रहनु परेकोले राज्य र दाताहरूले दलित उत्थानमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा सेन्टरका अध्यक्ष कमला बिश्वकर्माले बताए ।

दलितको सवालमा सेन्टरले बिगतदेखि नै वहस, पैरवी र छलफल गर्दै आएको बताए ।

सेन्टरका सल्लाहकार कृष्ण रणपाल, दलित अधिकारकर्मी गौरा नेपाली, सेन्टरका निवर्तमान महासचिव भिम घिमिरे, सेन्टरका पुर्व काेषाध्यक्ष सुशील दर्नाल लगायतले दलितको मुद्दा र उत्थानमा दलित संघ सस्था, राज्य र दाताविच हातेमालो गर्न आवस्यक रहेको बताए ।

सेन्टरका उपाध्यक्ष दिनेश परियारले स्वागत गर्नुभएको साधारणसभामा सेन्टरका महासचिव विरु नेपालीले बार्षिक प्रतिबेदन र काेषाध्यक्ष जगलाल नेपालीले आयव्यय पेश गरे।

सेन्टरका अध्यक्ष कमला बिश्वकर्माले आगमीदिनमा तिनै तहको सरकार, दातृ निकाय र सरोकारवाला संघ सस्थाहरुसंग सहकार्य गरि दलित पत्रकारको क्षमता विकासमा जुट्ने गरि आगामी बार्षिक कार्यक्रम अघि सारेको बताइन् ।

जागरण मिडिया सेन्टरले दलित समुदायका मुद्दाहरूलाई उजागर गर्न र सामाजिक न्यायको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरू मार्फत दलित समुदायका अधिकार र पहिचानको संरक्षणमा योगदान पुर्‍याउंदै आएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत