आइतवार, माघ २७, २०८१

महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल


कान्तिपथ


त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्नेभएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत