शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • ३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत प्रसाईविरुद्ध मुद्दा दायर

३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत प्रसाईविरुद्ध मुद्दा दायर


गणेश विक


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध मुद्दा दायर गरेको छ ।

पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि उनी रंगेहात पक्राउ परेका थिए ।

अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि बिभिन्न बहाना ३ लाख घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रसाई र कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाईसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२० गते।

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईले पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज धनेश्वर प्रसाईलाई सेवाग्राहीबाट रु.३,००,०००।- (तीन लाख रुपैया) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंका शाखा अधिकृत धनेश्वर प्रसाई, कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा (निबृत्तभरण अधिकार पत्र) बनाई दिनको लागि बिभिन्न बहाना बनाई रु.३,००,०००।-(तीन लाख रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएकोले शाखा अधिकृत धनेश्वर प्रसाई र कार्यालय सहयोगी भवानी अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र बिचौलिया सुदर्शन न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रु.३,००,०००।- (तीन लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत