शनिबार, चैत्र ९, २०८१

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


गणेश विक


लमजुङ । बेसीशहर नगरपालिका-८ सेराचोकस्थित सन्जु गुरूङको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ४१ वर्षीय अजित बस्नेत समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ६ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत