आइतवार, माघ २७, २०८१

महिला अन्तर्राष्ट्रिय क्रिकेटः नेपालको तेस्रो हार


कान्तिपथ


काठमाडौँ । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो ।

जितका लागि एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । उनले ३२ बल खेल्ने क्रममा एक छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले २४ बलमा चार चौकाको सहयोगमा २३ रन बनाइन् भने पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता रानामगरले अविजित १० रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४० रनको योगफल तयार गरेको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । त्यस्तै हिटर सिगर्सले २६ तथा रोविन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन् ।

नेपालका लागि सिताले रानामगरले पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट लिइन् ।

प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता छ । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । नेपालले यही माघ २२ गते थाइल्याण्डसँग खेल्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत