काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएकाे हाे ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएकाे छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ ।
उनका अनुसार फागुन ९ गते साे भेला हुने भएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ