आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • छोरीको इन्गेजमेन्ट टुटे पछि प्रेममा बाँधिए सम्धि सम्धिनी, घटयाे डरलाग्दाे घटना

छोरीको इन्गेजमेन्ट टुटे पछि प्रेममा बाँधिए सम्धि सम्धिनी, घटयाे डरलाग्दाे घटना


कान्तिपथ


अहमदाबाद जिल्लाको विरमगाम सहरमा एउटा यस्तो घटना भएको छ, जसले सबैलाई चकित बनाएको छ । एक शिक्षकको सार्वजनिक रुपमा हत्या भएको छ भने  त्यसको भिडियो भाइरल हुनासाथ पुरै इलाकामा त्रास फैलिएको छ ।

प्रहरीले तुरुन्तै अनुसन्धान थाल्यो र सिसिटिभी फुटेज स्क्यान गरेपछि चकित पार्ने सत्य बाहिर आयो । खासमा हत्याको कारण कुनै दुश्मनी वा पैसा होइन, सम्धि र सम्धिनी बीचको अनौठो प्रेम सम्बन्ध थियो ।

यो कथा सामान्य पारिवारिक सम्बन्धबाट सुरु भएको हो। नरेशभाइ चावडा नामका शिक्षककी छोरीको डेढ वर्षअघि काला गोहिलका छोरासँग इन्गेजमेन्ट भएको थियो । दुई परिवारबीच राम्रो सम्बन्ध बन्यो । तर यसै क्रममा नरेशभाई र कला गोहिलकी श्रीमती हर्षबेनबीच मित्रता बढ्यो । बिस्तारै यो मित्रता प्रेममा परिणत भयो र दुबैले आफ्नो परिवारको परवाह नगरी सँगै बस्ने निर्णय गरे ।

यो सम्बन्धको बारेमा परिवारले थाहा पाएपछि छोराछोरीको इन्गेजमेन्ट रद्द गरियो। समाजको डरका बाबजुद नरेशभाई र हर्षबेनले सम्बन्धलाई निरन्तरता दिए र विरमगाममा घर भाडामा लिएर सँगै बस्न थाले । हर्षबेनका श्रीमान् काला गोहिललाई यो कुरा निकै नराम्रो लाग्यो । ऊनी रिसले भरिए अनि धेरै बेर केही बोलेन तर भित्रभित्रै बदलाको आगोले जलिरहेको भने थियो ।

अन्ततः, कला गोहिल र उनका दुई सहयोगीहरू अजित गोहिल र जेशाङ कटारियाले एक भयानक योजना बनाए। जनवरी २८ मा तीनै जना मिलेर नरेश भाईलाई घेरा हालेर निर्मम कुटपिट गर्न थाले । यो सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । भिडियोमा तीन जना अभियुक्तले नरेशभाईलाई सडकमा फालेका, लाठी र मुक्का प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । मानिसहरू दर्शक बने तर कसैले हस्तक्षेप भने गरेनन्।

नरेशभाईलाई गम्भीर चोट लागेपछि तत्कालै अस्पताल लगिएको थियो । तर चिकित्सकको प्रयास असफल भएपछि उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीले हत्याको मुद्दा दर्ता गरी अभियुक्तको खोजी कार्य जारी राखेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत