आइतवार, माघ २७, २०८१

सूर्यज्योति लाइफ इन्सुरेन्सले १९ करोड ६१ लाख नाफा कमायाे, यस्ता छन् अन्य सूचक


कान्तिपथ


काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.३७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३७ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरैको छ ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत