आइतवार, माघ २७, २०८१

विदेशी मुद्राको विनिमयदर सार्वजनिक


कान्तिपथ


काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 


जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ । 

मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४२ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ५२ पैसा तोकिएको छ । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ४५ र बिक्रीदर ८५ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९५ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५३ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ ०६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ४० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७० रूपैयाँ ८१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत