आइतवार, माघ २७, २०८१

शिक्षासहित संसदका तीन समितिको बैठक बस्दै


कान्तिपथ


काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत