आइतवार, माघ २७, २०८१

साहारा सहकारी ठगीको यस्तो छ अभियोगपत्र (पूर्णपाठसहित)


कान्तिपथ


काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा कुल ३२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको छ ।

जसमध्ये १७ जनाविरुद्ध यसअघि नै मुद्दा दायर भएकोमा रास्वपाका सभापति रवि लामिछानेसहित थप १५ जनालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकालिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सो रकममध्ये १४ करोड २३ लाख ६ हजार १३१ रुपैयाँ ४७ पैसाको हकमा पछि अन्य बचतकर्ताहरूको पूरक जाहेरी दरखास्त पर्न आई अनुसन्धान भएर पूरक अनुसन्धान प्रतिवेदन प्राप्त भएको खण्डमा अर्को मुद्दा पेस गरिने उल्लेख छ ।

अभियोगपत्रमा जीबी राईबाट ४१ लाख ३० हजार, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङले २ करोड ६४ लाख सहकारीलाई व्यक्तिगतरुपमा भर्नुपर्ने मागदाबी लिइएको छ ।

अभियोगपत्रमा बिगो भने कुल ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ । मूल अभियोगपत्रबाट कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा गरी सो रकम बिगो कायम भएको अभियोगपत्रमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत