आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • एभरेस्ट होटलमा बेहोस भएका युवकको मृत्यु, होटल सञ्चालक र युवती पक्राउ

एभरेस्ट होटलमा बेहोस भएका युवकको मृत्यु, होटल सञ्चालक र युवती पक्राउ


गणेश विक


काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् ।

उनी आफ्नी केटी साथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए ।

गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत