सोमवार, फाल्गुन ४, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन

तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन


गणेश विक


ललितपुर । नेकपा एकीकृत समाजवादी निकट रहेको समाजवादी प्रेश संगठन ललितपुरको जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार ललितपुरमा आयोजित भेलाकाबीचमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा निरोज त‍ोलाङ्गे, उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइली, सचिवमा राजेश पन्त, सह सचिवमा निगम सुन्दास, समावेशी सहसचिवमा सलोमी दाहाल र कोषाध्यक्षमा सुनकुमारी थिङ रहेका छन् । त्यस्तै सदस्यतर्फ भने सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला र यमकुमार मुदेल चयन भएका छन् l

कार्यक्रममा पूर्वमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला, संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, सल्लाहकार उत्तरसिंह विष्ट, उपाध्यक्षहरु सुभाष शाह, सविन शर्मा, अस्मिता गिरी र कार्यवाहक महासचिव प्रेम गौतम र उपत्यका प्रदेशका काेषाध्यक्ष गणेश विक लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो । ललितपुर जिल्लाको नयाँ कार्यसमिति गठन भएर देशभरिको संगठन पुर्ननिर्माणमा आत्मबल पुगेको वक्ताहरुले बताएका छन् । साथै आगामी हप्ता हुने राष्ट्रिय भेला सफल पार्न पनि सबैले पुन अपिल गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत