शुक्रबार, साउन २, २०८२

बाल यौन दुरुपयोगमा मदन राईलाई साढे दुई वर्षको सजाय


गणेश विक


खोटाङ । कृषि विज्ञको पहिचान बनाएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय भएको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो । अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो ।

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

राइले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा पढ्न आएका बालिका र किशोरीहरूलाई राईले यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो ।

राईमाथि आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने र अश्लील शब्द प्रयोग गर्नेलगायतको आरोप लगाएर मुद्धा दायर गरिएको थियो ।

राईविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत