शनिबार, साउन ३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ


गणेश विक


काठमाडौं । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत