काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले विपी राजमार्गको भासिएको सडक मर्मत गर्न सरकारले चासो नदिएको बताएको छ ।
हिजो शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले दसौं हजार सवारी गुड्ने विपी राजमार्ग बनाउन सरकारले चासो नदिएको बताएको हो ।
राजमार्गको उक्त खण्ड गत असोज महिनामा आएको बाढीले बगायो।
तर, अहिले पनि रोशी खोलामा पानी नभएका कारण अस्थायी रूपमा बनाइएको सडकबाट सवारी साधन आवतजावत गरिरहेका छन्।
तर बर्खामा रोशी खोला बढेपछि अहिलेको अस्थायी सडकबाट सवारी साधन आवतजावत सम्भव हुँदैन।
प्राविधिक इस्टिमेटअनुसार उक्त सडक पूर्ण रूपमा बनाउन १० अर्ब लाग्ने सांसद दाहालले बताए।
तर ५५ करोड खर्च गरियो भने बर्खाको समयमा सवारी चल्न मिल्ने गरी सडक बनाउन सकिने इस्टिमेट रहेको पनि दाहालले भने।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ