आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार, २३ जना गिरोहका सदस्य पक्राउ

प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार, २३ जना गिरोहका सदस्य पक्राउ


गणेश विक


काठमाडाैं । पेरु प्रहरीले भेनेजुएलाको शक्तिशाली गिरोहद्वारा यौन शोषणमा परेका १२३ महिला र बालिकालाई उद्धार गरेको शनिबार घोषणा गरेको छ ।

पेरुको राजधानी लिमामा शुक्रबार राति गरिएको छापामा सयौँ प्रहरी अधिकारीको सहभागिता थियो ।

छापामा २३ जना कथित गिरोहका सदस्य पक्राउ परेका थिए ।

तीन जना नाबालिकासहित १२३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले सबै महिला र बालिकाहरू रहेको जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरू भेनेजुएलाको सबैभन्दा ठूलो गिरोह ट्रेन डे अरागुआको गुट लस हिजोस डे डिओसको हिस्सा हुन् । यो सन् २०२१ देखि पेरुमा सक्रिय छ ।

सन् २०२४ जनवरीमा पेरु प्रहरीले यही आपराधिक सङ्गठनद्वारा सामाजिक सञ्जालमा यौन शोषणमा परेका ४० जना युवतीलाई उद्धार गरेको थियो ।

ट्रेन डे अरागुआ गिरोह सन् २०१४ मा भेनेजुएलाको अरागुआ राज्यमा स्थापना भएको तर अहिले कोलम्बिया, पेरु र चिली लगायत धेरै दक्षिण अमेरिकी देशहरूमा उपस्थित छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष चुनाव प्रचारका क्रममा कागजातविहीन आप्रवासीहरूलाई लक्षित गर्दै व्यापक निर्वासनको वाचा गर्नुभएको थियो । यसलाई हिंसात्मक अपराधमा संलग्न भएको आरोप लगाउँदै बारम्बार ‘जनावर’ र ‘राक्षस’ को संज्ञा दिएकाे छ ।

उनले ट्रेन डे अरागुआलाई विशेष रूपमा लक्षित गर्नुभयो र जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिन नै संयुक्त राज्य अमेरिकामा गिरोहको कथित गतिविधिहरूको सामना गर्न राष्ट्रिय आपत्काल घोषणा गर्नुभएको थियो ।

बुधबार वासिङ्टनले ट्रेन डे अरागुआका १० जना सदस्यलाई क्युबाको कुख्यात अमेरिकी सञ्चालित ग्वान्टानामो बे जेलमा निर्वासित गरिएको बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत