काठमाडौँ । अनिता चौधरीको अध्यक्षतामा थारू महिला समाज नेपालको केन्द्रीय समिति गठन भएको छ ।
समाजको छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो ।
समाजको उपाध्यक्षमा इन्दु चौधरी, महासचिवमा मायाकुमारी चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशीकुमारी चौधरी, बबिता चौधरी, पिंकीकुमारी चौधरी र सुशिलाकुमारी चौधरी रहनुभएको छ ।
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तिकरणमा जोड दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
थारू भाषा साहित्य केन्द्रका अध्यक्ष ९भाषाविद्० भुलाई चौधरीले थारू समुदायले आफ्ना पहिचानका रूपमा रहेको भाषा, संस्कृतिलाई संरक्षण गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा थारू समाजलाइ समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ