काठमाडौं । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिका-२ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका-३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो ।
२७ गते आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्, डीएसपी बोहराले भने, गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन् ।
सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको छ ।
इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ