मङ्लबार, माघ २७, २०८२

बुढानीलकण्ठमा घरै लिएर अनलाइन जुवा, २३ जना पक्राउ


गणेश विक


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीको कमान्डमा हिजो रातभरि भएको अपरेसनमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

आज बिहानसम्म चलेको अपरेसनमा प्रहरीले काठमाडौंको बुढालिकण्ठ नगरपालिका(३ बाट अनलाइन जुवा ९सट्टेबाजी० गराएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश भारतीय रहेको बुझिएको छ। तर, प्रहरीले उनीहरूको साथबाट पहिचान खुल्ने कागजपत्र खोजी गरिरहेको छ। उनीहरू त्यही नै बसेर रातिसम्म कारोबार गर्ने गरेको देखिएको छ।

अनलाइन जुवाको लागि उनीहरूले दवाङ दोर्जे शेर्पाको दुई तले घर नै भाडामा लिएर कारोबार गरेको देखिएको छ। प्रहरीले राति घरमा छापा मार्दा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेको छ। उनीहरूको साथमा नगद ८१ हजार रुपैयाँ पनि बरामद गरिएको एसएसपी अधिकारीले बताए।

मोबाइलबाट कति कारोबार भयो भन्ने खुलेको छैन। बिहानसम्म अपरेसन चलेकाले सोमबार मात्र मोबाइल अध्ययन गरेर कति रकमको सट्टेबाजी भयो भन्ने खुल्ने एसएसपी अधिकारीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका मानिसहरू अपरेटर मात्र भएको देखिएको छ। यसका मुख्य योजनाकार को हुन् भन्ने खुल्न सकेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत