शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई जना पक्राउ

पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई जना पक्राउ


गणेश विक


काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ घर बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारा र लामालाई आइतबार पक्राउ गरेको हो।

जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ।

यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा र लामाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए।

दुबैलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत