शनिबार, चैत्र ९, २०८१

गृहमन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेको र ‘उन्मुक्ति’ दिएको आरोप

प्रहरी कुटने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति


गणेश विक


काठमाडौं । डयुटीमा रहेका प्रहरीमाथी कुटपिट गर्ने नेकपा एमाले निकट बिधार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

 प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेको र ‘उन्मुक्ति’ दिएको आरोप लागेको हो ।

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृहमन्त्री लेखक माथी प्रश्न उठाएका छन ।

उनका अनुसार बिधार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुटने समुहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफुहरू त्रासमा परेको समेत सुनाएका छन् ।

 अखिल नेता पक्राउ नगर्ने गृहमन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।

 गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेको आरोप लागिरहेको छ ।

तर, अरू पक्राउ पर्दा पनि उनलाई भने पक्राउ नगरी मुद्दासमेत नचलाइएको भन्दै जनमानसमा डर पैदा भएको छ ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी)को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो ।

हाल उन्मुक्ति दिइएका जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।

https://www.facebook.com/kantipathnews/videos/1368681940800556

 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत