शनिबार, साउन ३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार, महासंघले गर्‍यो घटनाको निन्दा

पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार, महासंघले गर्‍यो घटनाको निन्दा


गणेश विक


काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङ शाखाको दोस्रो कार्यकालका लागि अध्यक्ष रहेका पत्रकार ललितबहादुर सिंहमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पीडित पत्रकार सिंहले काँतिपथसंग कुरा गर्दै भने, मेरो कोहीसंग पनि दुष्मनी थिएन तर यही माघ २८ गते सोमबार राति १०ः०० बजेको समयमा जयपृथ्वी नगरपालिका–१० स्थित सदरमुकाम चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा रहेका बेला आफूलाई मसस्टा गाउँपालिका–४ का विनोद कठायतलगायतका समुहले कुरा गर्नु छ भनी सोही होटेलको कोठामा बोलाएको पीडित पत्रकार सिंहले बताए ।

मैले , भोलि कुरा गरौला भन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ म माथि सो समुहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेका पीडित पत्रकारको भनाइ छ । चक्कु प्रहारबाट चोट लागेपछि पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको उनले बताए ।

यस घटनामा महासंघले पत्रकारको सिंहको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

घटनामा संलग्न २९ वर्षीय बिनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

पाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ । पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै, पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि माग गर्दछ ।

साथै यस अघि विनोद कठायत केटी काण्डमासमेत मुछिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत