काठमाडाैं । धनगढीमा मंगलबार राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।
चक्कु बोकेर सडकमा हल्ला गर्दै हिडिरहेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा उनी माथी चक्कु प्रहारको प्रयास भएको हो।
चक्कु हातमा लिई सडकमा हिँडिरहेका धनगढी उपमहानगरपालिका-१४ निवासी ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ